सिद्धार्थ बैंकका ग्राहकले ‘बबर महल भिलास’ मा छुट सुविधा पाउने
काठमाडौं । सिद्धार्थ बैंक र बबर महल भिलासबीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार ग्राहकहरुले काठमाडौंको बबर महलस्थित बबर महल भिलासमा बैंकको कार्ड तथा मोबाईल बैंकिङ सेवाबाट भुक्तानी गर्दा फूड, बेभरेज एण्ड स्पा सम्बन्धी सेवामा १०% सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।
यस सम्झौताले ग्राहकहरुलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने बैंकले विश्वास लिएको छ । थप जानकारीका लागि बैंकको ग्राहक सेवा केन्द्र ‘सिद्धार्थ केयर’ माफ्र्mत सम्पर्क गर्न बैंकले आग्रह गरेको छ ।
थर्ड पोल 