सुनचाँदीको भाउ आज फेरि बढ्यो
1.
आज सुनको मूल्य ५ सयले बढेको छ।
मंगलबार छापावाली सुन तोलामा मूल्य ५ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ९ हजार ८ सय रुपैयाँ कायम भएको सुनचाँदी व्यवसायिक महासंघले जनाएको छ। यस्तै तेजाबी सुन भने प्रतितोला १ लाख ९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ।
सोमबार चाँदी तोलाको १४ सय ३० रुपैयाँमा कारोबार हुँदा मंगलबार ५ रुपैयाँले बढेर तोलाको १४ सय ३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
थर्ड पोल 