सर्वोच्च अदालतले मंसिर १ देखि सबै सेवा सञ्चालन गर्ने

सर्वोच्च अदालतले मंसिर १ देखि सबै सेवा सञ्चालन गर्ने

सर्वोच्च अदालतले मंसिर १ गतेदेखि सबै प्रकारका सेवा सञ्चालन गर्ने भएको छ।

भदौ २४ गते आगजनी भएपछि रोकिएको सेवा मंसिर १ गतेदेखि सञ्चालन गर्ने तयारी गरेको हो। 

बिहीबार पूर्ण बैठकले निर्णय गरेपछि एक सूचना जारी गर्दै मुद्दा, पुनरावेदन, दोहोर्‍याइ पाऊँको निवेदन लगायतको नियमित सुनुवाइ हुने जानकारी दिएको हो। 

यसअघि सर्वोच्चले बन्दीप्रत्यक्षीकरण र रिटको सुनुवाइ थालेको थियो।