एक महिनामा ९ अर्ब बराबरको विद्युतीय गाडी अर्थात ईभी नेपाल भित्रिए
काठमाडौं । मंसिर महिनामा नेपालमा ८९९ युनिट विद्युतीय कार, जिप र भ्यान आयात भएका छन् । भान्सार विभागको तथ्यांकअनुसार नेपालमा ९ अर्ब बराबरको विद्युतीय गाडी अर्थात ईभी भित्रिएका हुन् ।
तथ्यांक अनुसार चालु आर्थिक वर्षको ५ महिनामा ९ अर्ब बराबरको ३ हजार ६८६ युनिट विद्युतीय गाडी आयात भएका छन्। यसबाट ४ अर्ब २८ करोड रुपैयाँ भन्सार शुल्क संकलन भएको छ।
यसमा चीनबाट मात्र २ हजार २९७ युनिट ईभी आयात भएका छन् भने भारतबाट १ हजार ३३८ युनिट ईभी आयात भएका छन्। यो अवधिमा कोरियाबाट २८, जर्मनीबाट ३, अमेरिकाबाट ३ र इन्डोनेसियाबाट १७ युनिट ईभी आयात भएका छन्।
यो अवधिमा सबैभन्दा धेरै ५१ किलोवाटदेखि १०० किलोवाट क्षमताको मोटर पावर भएका गाडी धेरै आयात भएका छन्। यो सेगमेन्टका २ हजार २८ युनिट आयात भएका छन्।
यस्तै ५० किलोवाटसम्म क्षमताका मोटर पावर भएका १ हजार ५ सय ९५ युनिट गाडी आयात भएका छन्। अन्य १०० किलोवाट क्षमताभन्दा माथिका जम्मा ६३ युनिट मात्र आयात भएका छन्।
थर्ड पोल 