घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?
काठमाडौं । साताको पहिलो कारोवार दिन आज नेपाली बजारमा सुनको मूल्य २ सय रूपैयाँले घटेको छ। शुक्रबार १ लाख २० हजार ७ सय रूपैयाँमा कारोवार भएको छापावाल सुन आज १ लाख २० हजार ५ सय रूपैयाँमा कारोवार भइरहेको छ। तेजाबी सुन १ लाख १९ हजार ९ सय रूपैयाँमा कारोवार भइरहेको छ।
यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ। शक्रबार प्रतितोला १४ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोवार भइरेहको छ।
थर्ड पोल 