जनकपुरले जित्यो टस, विराटनगरलाई दियो ब्याटिङको निम्तो

जनकपुरले जित्यो टस, विराटनगरलाई दियो ब्याटिङको निम्तो

जनकपुर बोल्ट्सले टस जितेर पहिला बलिङ गर्ने भएको छ। जनकपुरका कप्तान अनिल साहले टस जितेर विपक्षी विराटनगर किङ्सलाई पहिला ब्याटिङको निम्तो दिएका हुन्। 

आफ्नो पहिलो खेल हारेको जनकपुर जीतको खोजीमा छ। विराटनगरले भने यसअघिका दुवै खेल जितिसकेको छ 

दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा पहिलो खेल विराटनगर किंग्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। 

यस्तै दोस्रो खेलमा कर्णाली याक्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ।