विदेशी फिल्ममा १ सय प्रतिशत कर लगाउने ट्रम्पको घोषणा

विदेशी फिल्ममा १ सय प्रतिशत कर लगाउने ट्रम्पको घोषणा


काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेशी फिल्महरूमा पनि कर लगाउने घोषणा गरेका छन् । उनले विदेशी फिल्महरूमा १०० प्रतिशत कर लगाएका छन् ।

यो घोषणा गर्दै ट्रम्पले भनेका छन्- ‘अमेरिकाको फिल्म उद्योग धेरै छिटो मर्दैछ । अन्य देशहरूले हाम्रा फिल्म निर्माताहरू र स्टुडियोहरूलाई अमेरिकाबाट टाढा लैजान हरेक सम्भावित प्रोत्साहन दिइरहेका छन् ।

उनले यो अन्य देशहरूद्वारा संगठित प्रयास हो र त्यसैले यो ‘राष्ट्रिय सुरक्षाको लागि खतरा’ भएको समेत टिप्पणी गरेका छन् । उनले आफु फेरि अमेरिकामा फिल्महरू बनोस् भन्ने चाहेको लेखेका छन् ।