कक्षा १२ को परीक्षा नरोक्ने बोर्डको निर्णय
काठमाडौं । कक्षा १२ को परीक्षाबारे निर्णय गर्न बसेको परिक्षा बोर्डको बैठकले परिक्षा सञ्चालन गर्ने निर्णय गरेको छ । शिक्षकहरूको निरन्तर आन्दोलनका कारण कक्षा १२ को परिक्षा अन्यौंलमा परे पछि बिहान बसेको बोर्ड बैठकले परिक्षा नरोक्ने निर्णय लिएको हो ।
आजको बैठकले कक्षा १२ को परीक्षा सञ्चालन नरोक्ने निर्णय गरेको बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिए । शिक्षक महासंघको आह्वानमा गत २० चैतदेखि सडक आन्दोलनमा रहेका शिक्षकहरूले माइतीघर–बानेश्वर सडक खण्डमा प्रदर्शन गरिरहेका छन्, शिक्षा ऐन जारी नभएसम्मका आन्दोलन नरोकिने उनीहरूको भनाइ कायमै रहेको बेला बोर्डले यो निर्णय लिएको हो ।
उनीहरू आन्दोलनमा नै रहेको खण्डमा प्लस टुको परिक्षा प्रभावित हुन सक्ने देखिएको छ । साथै, शिक्षकहरू माग पूरा नभएसम्म कक्षा १२ को परीक्षामा सहभागी नहुने अडानमा उनीहरू कायमै रहेका छन ।
थर्ड पोल 