म्याग्दीका पाँच सय घरमा खानेपानीको पहुँच

म्याग्दीका पाँच सय घरमा खानेपानीको पहुँच

म्याग्दी जिल्लामा गण्डकी प्रदेश सरकारमार्फत पछिल्लो एक वर्षमा सञ्चालित आयोजनामार्फत पाँच सय घरमा खानेपानी र ९१ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा विस्तार भएको छ । खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय म्याग्दीले आर्थिक वर्ष २०८२–०८३ मा २२ सिँचाइ र १७ वटा खानेपानी योजना निर्माण गरी सुविधा विस्तार गरेको हो ।

कार्यालय प्रमुख सिनियर डिभिजनल इन्जिनियर झलकमोहन ओझाले ९१ हेक्टर खेतीयोग्य जमिनमा थप सिँचाइ सुविधा र पाँच सय १८ घरमा एक घर, एक धारासहितको खानेपानी सुविधा विस्तार भएको जानकारी दिए ।

सिँचाइ सुविधा विस्तारका लागि ६ हजार पाँच सय ८० मिटर पक्की नहर, पाँच हजार नौ सय मिटर पाइपलाइन जडान र ५९ वटा विभिन्न संरचना निर्माण भएका छन् । खानेपानीतर्फ १२ किलोमिटर सात सय ७० मिटर मुख्य, ६९ दशमलव १४ किलोमिटर शाखा, तीन सय २० घनमिटर क्षमताका २० वटा पानी सङ्कलन गर्ने ट्याङ्की र एक सय ७८ वटा अन्य संरचना निर्माण भएका छन् ।