आज भारतबाट विराटनगरको कस्टम यार्डमा रेल आउँदै

आज भारतबाट विराटनगरको कस्टम यार्डमा रेल आउँदै


काठमाडौ, १८ जेठ । आज भारतबाट विराटनगरको बुधनगरस्थित ‘कस्टम यार्ड’मा कार्गो रेल आउने तय भएको छ । २०७६ सालमै परीक्षण गरेर तयारी अवस्थामा रहेको विराटनगरको कस्टम यार्डमा आज रेल आउँने भएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणकै बेला विराटनगरसम्म कार्गो रेल आउन लागेको हो ।

उक्त रेल भारतको बथनाहाबाट विराटनगरतर्फ लागेको छ । कार्गो रेल पहिलो पटक आउने भएपछि विराटनगरको कस्टम यार्ड सिँगारिएको छ । रेल हेर्ने स्थानीयको भिड लागेको छ भने उद्योगी व्यवसायीले रेललाई स्वागत गर्दैछन् । फूल मालाले सिँगारेर रेललाई पनि चिटिक्क पारिएको छ । उक्त रेल भारतको बथनाहाबाट विराटनगरतर्फ लागेको छ ।