आफ्नो ऊर्जा पूर्वाधारमा आक्रमण गरे खाडीका तेल र ग्यासमा आगो लगाइदिने इरानको धम्की
इरानको ‘इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स’ले इरानको ऊर्जा पूर्वाधार र बन्दरगाहहरूमा आक्रमण गरिए उसले यस क्षेत्रको तेल र ग्यासमा आगो लगाइदिने चेतावनी दिएको छ ।
“हामी आक्रमणकारी सरकार र उसका सबै सहयोगीहरूलाई इरानको ऊर्जा पूर्वाधार र बन्दरगाहहरूमाथि हुने सामान्य आक्रमणको पनि हाम्रो तर्फबाट कडा र विनाशकारी जवाफ दिने चेतावनी दिन्छौँ,” आधिकारिक ‘इस्लामिक रिपब्लिक अफ इरान ब्रोडकास्टिङ’ले उद्धृत गरेको ‘इस्लामिक रिभोलुसनरी गार्ड कर्प्सको विज्ञप्तिमा उल्लेख छ ।
“यस्तो आक्रमणको स्थितिमा यस क्षेत्रका सबै तेल र ग्यास पूर्वाधारहरू जसमा अमेरिका र उसका पश्चिमी सहयोगीहरूको निहित स्वार्थ छ, ती सबैमा आगो लगाएर नष्ट गरिनेछ,” विज्ञप्तिमा उल्लेख छ ।
इरानले विश्वव्यापी ऊर्जा व्यापारमा अवरोध पुर्याउँदै हर्मोज जलमार्गमा अन्तर्राष्ट्रिय मालवाहक जहाजहरूलाई मिसाइल र ड्रोनद्वारा निशाना बनाउँदै आएको छ ।
अमेरिकी सेन्ट्रल कमान्डका अनुसार, इरानसँगको युद्ध सुरु भएदेखि अमेरिकाले ६० भन्दा बढी जहाजहरूसहित इरानभित्र पाँच हजार ५०० भन्दा बढी लक्ष्यहरूमा प्रहार गरिसकेको छ ।
थर्ड पोल 