नयाँ बानेश्वरमा प्रदर्शनका क्रममा झडप, डीएसपी पौडेल घाइते

नयाँ बानेश्वरमा प्रदर्शनका क्रममा झडप, डीएसपी पौडेल घाइते


काठमाडौं ।  काठमाडौंको नयाँ बानेश्वरमा स्वर्गद्वारी गुठी पीडित मोही किसान संघर्ष समितिको प्रदर्शनका क्रममा झडप भएको छ । उतm झडपमा परेर प्रहरी वृत्त नयाँ बानेश्वरका डीएसपी गंगा पौडेल घाइते भएका छन् ।

डीएसपी पौडेलको टाउको चोट लागेको छ । अहिले उनको नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ ।