भारतीय ग्रिड हुँदै नेपालबाट बंगलादेशसम्म बिजुली निर्यात उपक्षेत्रीय सहयोगको उदाहरण हो : मोदी
काठमाडौं । भारतीय ग्रिड हुँदै नेपालबाट बंगलादेशसम्म बिजुली निर्यात ऊर्जा क्षेत्रमा उपक्षेत्रीय सहयोगको पहिलो उदाहरण भएको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बताएका छन् ।बंगलादेशी प्रधानमन्त्री शेख हसिनासँगको भेटपछि आयोजित पत्रकार सम्मेलनमा मोदीले यस्तो बताएका हुन् । नेपाल र बंगलादेशबीच विद्युत् निर्यात गर्ने सहमति भएको छ । भारतले आफ्नो ग्रिड प्रयोग गरी बिजुली बंगलादेश पठाउन स्वीकृत दिइसकेको छ ।
यस्तै दुई नेताबीचको भेटबारे जानकारी दिँदै भारतका विदेश सचिव विनय क्वात्राले दुई नेताबीच द्विपक्षीय सम्बन्धका धेरै पक्षमा छलफल भएको बताए । यसका साथै भारत र बंगलादेशका नेताहरुबीच क्षेत्रीय र विश्वव्यापी महत्वका विषयमा पनि छलफल भएको थियो ।
दुई देशबीच रेल कनेक्टिभिटी बढाउन, व्यापार प्रवर्द्धन र हरित साझेदारीका लागि पनि सम्झौता भएको छ । दुवै देशले सामुद्रिक अर्थतन्त्र र महासागरमा सहकार्य बढाउने सम्झौतामा हस्ताक्षर गरेका छन् ।
थर्ड पोल 