माथिबालै गाउँमापहिलोपटक गाडी पुग्योः स्थानीयहर्षित, नाचगान र देउडासहित स्वागत
काठमाडौं । मुगु जिल्लाको छायाँनाथ रारा नगरपालिका–९ स्थित माथिबालै गाउँमापहिलोपटक गाडी पुगेपछि स्थानीयवासीहर्षित भएका छन् । गाडीको आगमनलाई ऐतिहासिकउपलब्धिका रूपमालिँदै उनीहरूले फूलमालासहितपूजा गरेर नाचगान र देउडा गीतमार्फत स्वागत गरेका हुन् ।
सदरमुकाम गमगढी हुँदै बालै र माथिबालै जोड्ने सडकको ट्रयाक खुलेसँगै लिउडी हुँदै माथिबालै गाउँसम्म गाडी पुगेको हो ।वर्षौँदेखिको गाडी चढ्ने सपना पूरा भएको भन्दै स्थानीयहरूले खुसीव्यक्त गरेका छन् । स्थानीयवासीकाअनुसार पहिले बिरामी, सुत्केरी वा तरकारी बोक्नकालागि डोको र पीठो प्रयोग गर्नुपर्ने बाध्यता अब हटेको छ। छायाँनाथ रारा नगरपालिकाको २० लाख रुपैयाँलागतमाउपभोक्ता समितिमार्फत डोजर प्रयोग गरेर सडक निर्माण गरिएको हो ।



थर्ड पोल 