यी तीन विषयमा छलफल गर्न रास्वपाले बोलायो केन्द्रीय समिति

यी तीन विषयमा छलफल गर्न रास्वपाले बोलायो केन्द्रीय समिति

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति बैठक बोलाएको छ।

बिहीबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय चःमतिमा बस्ने बैठकमा तीनवटा विषयमा छलफल हुने कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए।

बिहीबार दिउँसो बस्ने बैठकमा अघिल्लो बैठकको निर्णय, पार्टी गतिविधि, सदस्यहरूको संक्षिप्त रिपोर्टिङ र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने कार्यवाहक प्रवक्ता झाले बताए।

रास्वपाले वैशाख २५, २६, २७ गते महाधिवेशन गर्ने निर्णय गरेको छ। तर अहिलेसम्म १० पालिका तहको कमिटीको पनि अधिवेशन नभएकाले महाधिवेशन अनिश्चित छ। पार्टीका सभापति रवि लामिछाने पुनः थुनामा पठाइएकाले पनि महाधिवेशन तोकिएकै मितिमा गर्न असम्भव हुने देखिएका बेला केन्द्रीय समिति बैठकमा महाधिवेशन कार्य विवरणबारे छलफल हुने रास्वपाले बताएको छ।

यस्तै जन यात्रा कार्यक्रम, ब्लुप्रिन्ट कार्यदल, लिडरशिप एकेडेमी, प्रशिक्षण, संगठन सबलीकरणबारे सदस्यहरूले विशेष रिपोर्टिङ गर्ने कार्यसूची रहेको रास्वपाले बताएको छ।