रेशम चौधरीलाई रिहा गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता

रेशम चौधरीलाई रिहा गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता


काठमाडौं, १६ जेठ । रेशम चौधरीलाई राष्ट्रपतिबाट आममाफी दिँदै रिहा गर्ने निर्णय खारेज गर्न माग गरिएको रिट आज सर्वोच्च अदालतमा दर्ता भएको छ । कैलालीको टीकापुर घटनामा मारिएका प्रहरी अधिकृतकी पत्नी शारदा कडायत बोहोराले उक्त रिट दर्ता गराएको अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिए ।

गएको आइतबार मन्त्रिपरिषद्को बैठकले चौधरीसहित १९ राजबन्दीलाई आममाफी दिन सिफारिस गरेको तियो । राष्ट्रपति रामचन्द्र पौडेलले उक्त सिफारिसलाई स्वीकृत गरेका थिए ।गणतन्त्र दिवसका अवसरमा सोमबार चौधरी जेलबाट रिहा भइसकेका छन् । पीडितलाई अन्याय हुने गरी मन्त्रिपरिषद्बाट निर्णय भएको भन्दै उक्त निर्णय र सिफारिसको कार्यान्वयन रोक्न रिटमा माग गरिएको छ ।