लुम्बिनीलाई हराएर सुदूरपश्चिम प्रदेशले दोस्रो जित प्राप्त
1. लुम्बिनीलाई हराएर सुदूरपश्चिम प्रदेशले दोस्रो जित प्राप्त
प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा निकालेको छ।रुपन्देहीको एक्स्ट्राटेक ओभलमा भएको खेलमा सुदूरपश्चिमले लुम्बिनीलाई ५ विकेटले पराजित गरेको हो।
सुदूरपश्चिमले आफूले खेलेका ६ मध्ये २ खेलमा जित निकालेको छ भने लुम्बिनी ६ मध्ये ४ खेलमा विजयी भएको छ। बुधबार लुम्बिनीले दिएको ११७ रनको लक्ष्य सुदूरपश्चिमले ५ विकेटको क्षतिमा ३१.१ ओभरमा पूरा गर्यो।
सुदूरपश्चिमका लागि किरण ठगुन्नाले नटआउट ४३ रन र कप्तान नारायण जोशीले नटआउट २५ रन बनाए।



थर्ड पोल 