वर्षाले म्याच रद्द भएपछी  १-१ अंक बाँडे नेपाल र साउदीले

वर्षाले म्याच रद्द भएपछी  १-१ अंक बाँडे नेपाल र साउदीले

मुलपानीमा भएको एसीसी प्रिमिएर कप अन्तर्गत नेपाल र साउदी अरेबियाबीचको खेल लगातारको वर्षाका कारण रद्ध भएको छ।

बिहान ९ बजे सुरु हुनुपर्ने उक्त खेल वर्षाको कारण रद्द भएपछी दुवै टोलीले १–१ अंक बाँडेका छन् । नेपाल एसीसी प्रिमियर कपको समूह ए बाट सेमिफाइनलमा प्रवेश गरेको छ । 

नेपालले यसअघिको तीन खेलबाट पाँच अंक जोडेको छ।  समान खेलबाट ओमन ४ अंक र सोहि खेलबाट मलेसियाले २ अंक जोडेर सेमीफानलमा पुगेको जनाइएको छ।