उपप्रधानमन्त्री भन्छन्- शाखको २४ गतेभित्रै कीर्तिपुर मैदानमा १० हजार क्षमताको प्यारापिट निर्माण सम्पन्न,
1. उपप्रधानमन्त्री भन्छन्- शाखको २४ गतेभित्रै कीर्तिपुर मैदानमा १० हजार क्षमताको प्यारापिट निर्माण सम्पन्न,
उपप्रधानमन्त्रीसमेत रहेका सहरी विकास मन्त्री प्रकाशमान सिंहले वैशाखको २४ गतेभित्रै कीर्तिपुर मैदानमा १० हजार क्षमताको प्यारापिट निर्माण सम्पन्न हुने बताएका छन्।
प्यारापिट निर्माणको काम अवलोकन गर्न बिहीबार कीर्तिपुरस्थित क्रिकेट मैदान पुगेका उपप्रधानमन्त्री सिंहले काम छिटो सक्न ८ घन्टाको दरले तीनै सिफ्टमा काम भइरहेको बताए।‘क्रिकेट मैदानमा प्यारापिट निर्माणलगायत काममा प्रधानमन्त्रीको पनि चासो छ, समयमै काम सक्नका लागि ८ घन्टाका दरले तीन सिफ्टमा काम पनि भइरहेको छ,’ उपप्रधानमन्त्री सिंहले भने।
फ्लड लाइट र १० हजार क्षमताको प्यारापिट बनाउने काम वैशाख २४ भित्रै निर्माण गरी उद्घाटन गरेर सफलतापूर्वक सम्पन्न गरेका आयोजना पनि नेपालमा छन् भन्ने सन्देश दिनुपर्ने उनको भनाइ छ। संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयबाट कीर्तिपुर क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप प्यारापिट निर्माण र फ्लड लाइट जडान कार्यको २०८१ फागुनमा सम्झौता भएको थियो।
२०८२ वैशाख २४ गतेभित्र कार्य सम्पन्न गर्ने गरी निर्माण काम अघि बढाइएको मन्त्रालयले जनाएको छ।१० हजार सिट क्षमताको प्यारापिट बन्नेछ भने ६ वटा फ्लड लाइट जडान गरिनेछ। प्यारापिटमा छाना भने हुने छैन तर सिट भने जडान गरिनेछ।
त्रिवि क्रिकेट मैदान अवलोकनमा पुगेका खेलकुद मन्त्री तेजुलाल चौधरीले अहिलेको सरकारको पहिलो मन्त्रिपरिषदको बैठकबाट क्रिकेट मैदानमा फ्लड लाइट र प्यारापिट बनाउने निर्णय भएको भन्दै तोकिएको समयभित्रै काम सम्पन्न गरिने बताए।



थर्ड पोल 