प्रि–ओपन सेसनः नेप्से सूचकमा सामान्य सुधार

प्रि–ओपन सेसनः नेप्से सूचकमा सामान्य सुधार


काठमाडौ, १८ जेठ । प्रि–ओपन सेसनमा नेप्से सूचक ०.९९ विन्दुले बढेको छ । यससँगै सूचक १८५०.७९ विन्दुमा आएको छ । २ लाख ८७ हजार रुपैयाँको सेयर कारोबार भएको छ । १० कम्पनीको ७९० कित्ता सेयर खरिदबिक्री भएको छ ।

यो सेसनमा कुल १३ वटा कारोबार भएको हो । ६ कम्पनीको भाउ बढ्दा ३ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।