शरणार्थी प्रकरणमा राज्यले थालेको अनुसन्धान खेर जाँदैनः गृहमन्त्री श्रेष्ठ
शरणार्थी प्रकरणमा निष्पक्ष रुपमा दोषीमाथि कारबाही हुँन्छः गृहमन्त्री श्रेष्ठ
काठमाडौँ, २० जेठ । नक्कली भूटानी शरणार्थी प्रकरणमा राज्यले थालेको अनुसन्धान खेर नजाने उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले बताएका छन् । आज काठमाडौंमा स्थानीय तहका दलित जनप्रतिनिधिको प्रथम राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले नक्कली भूटानी शरणार्थी प्रकरणबारे अनुसन्धान स्वतन्त्र र निष्पक्ष रुपमा गरी दोषीमाथि कारबाही हुने बताएका हुँन् ।
गृहमन्त्री श्रेष्ठले आफू राम्रो काम गरेँ भनेर विश्राम गरेर नबस्ने बताएका छन् । सुशासनको बाधकका रुपमा जुनसुकै पार्टीको नेता पनि भ्रष्टाचार र अनियमिततामा फेला परे कारबाही ग नर्न पछिहट्ने उपप्रधानमन्त्री श्रेष्ठको भनाई छ । श्रेष्ठले आफ्नै पार्टी नेकपा (माओवादी केन्द्र)का नेताहरु पनि भ्रष्टाचार काण्डमा, अनियमितताको काण्डमा परे भने कारबाही गर्न पछि नहट्ने र त्यो बेला आश्चर्यमा पर्न आवश्यक नरहेको उल्लेख गरेका छन् ।
गृहमन्त्री श्रेष्ठले भने– ‘तपाईहरुले अहिले भर्खरै देख्नुभएको छ, आफ्नै देशका नागरिकलाई अनागरिक बनाइ, अर्काको देशको शरणार्थी बनाइ सम्पति आर्जन गर्नका लागि अर्को देशमा शरणार्थी बनाएर पठाउने जुन योजना थियो, त्यो योजना अनुसन्धान, स्वतन्त्र, निष्पक्ष रुपमा गरेर दोषीमाथि कारबाही हुनुपर्छ भनेर गृह मन्त्रालय र नेपाल प्रहरीले न्यायालयमा पेस गर्ने प्रक्रिया भएको छ । हामी आशा गर्छौं, पीडितलाई न्याय दिने, हाम्रो अनुसन्धान खेर जाने छैन ।’
थर्ड पोल 