आजदेखि कुलेखानी–कलंकी–हुमाने सडक खण्ड पुर्ण रूपमा बन्द

आजदेखि कुलेखानी–कलंकी–हुमाने सडक खण्ड पुर्ण रूपमा बन्द

काठमाडौं ।  आजदेखि कुलेखानी–कलंकी–हुमाने सडक खण्डमा सवारी आवागमन पूर्ण रूपमा बन्द हुने भएको छ। सो खण्डमा कालोपत्रे हुने भए पछि आजदेखि बैशाख २० गतेसम्म पुर्ण रूपमा बन्द गर्न लागिएको हो ।

नेपाल प्रहरीका अनुसार १९ दिनसम्म सो सडक खण्ड पुर्ण रूपमा बन्द हुने भएकाले अब हेटौंडा–काठमाडौं, काठमाडौं–हेटौंडा यात्रा गर्नु पर्ने सवारी साधानले अन्य बैकल्पिक सडक कान्ति लोकपथ वा कुलेखानी–सिस्नेरी–फर्पिङलगायतको मार्ग प्रयोग गर्न सुझाएको छ ।