आईक्यूएयरको पछिल्लो प्रतिवेदन: विश्वकै प्रदूषित सहर बन्यो काठमाडौं

आईक्यूएयरको पछिल्लो प्रतिवेदन: विश्वकै प्रदूषित सहर बन्यो काठमाडौं


काठमाडौं । विश्वव्यापी वायु गुणस्तर मापन गर्ने संस्था (आईक्यूएयर) को पछिल्लो प्रतिवेदन अनुसार काठमाडौं विश्वकै सबैभन्दा प्रदूषित सहरको सूचीमा पहिलो स्थानमा परेको छ। आईक्यूएयरको ‘लाइभ सिटी र्‍याङ्किङ’ मा काठमाडौंको वायु गुणस्तर सूचकांक २२५ पुगेको छ, जुन स्वास्थ्यका लागि अत्यन्त हानिकारक मानिन्छ।

भारतको दिल्ली, पाकिस्तानको लाहोर र भियतनामको हनोई जस्ता सहरहरूलाई काठमाडौंले पछाडि पारेको छ। दोस्रो स्थानमा हनोई (१८०), तेस्रोमा दिल्ली (१७७) र चौथोमा लाहोर (१७७) परेका छन्। त्यस्तै, भियतनामको हो चि मिन्ह सिटी (१५५) पाँचौं स्थानमा छ। चीनको वुहान (१५३) छैटौँ स्थानमा छ।

सूचीको सातौँ स्थानमा पाकिस्तानको अर्को सहर कराची (१२९), आठौँमा चीनको सांघाई (१२९), नवौँमा इरानको तेहरान (१२७) र दशौँ स्थानमा भारतको मुम्बई (१२३) रहेका छन्।