जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ
काठमाडौं, १६ जेठ । भिमदत्त नगरपलिका–४ बसपार्कस्थित रतगैया होटलबाट जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका–११ बस्ने ३८ वर्षीय प्रकाश थापासमेत १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ५६ हजार २ सय ९५ रुपैयाँ र ६ गड्डी ताससहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
थर्ड पोल 