दुई छुट्टाछुटै स्थानमा आगोलागी, रु १० लाख  बराबरको क्षती

दुई छुट्टाछुटै स्थानमा आगोलागी, रु १० लाख  बराबरको क्षती

काठमाडौं ।  रौतहटको दुई छुट्टाछुटै स्थानमा भएको आगोलागीमा रु.१० लाख ३८ हजार बराबरको क्षती भएको छ । गरुडा नगरपालिका –५  मा रहेको ठाकुर ग्रिल उद्योगमा सोमबार बेलुका करिब ९ बजे तिर आगलागी भएको हो । आगलागीको घटनाका बारेमा जानकारी पाउनका साथ ईलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरीक्षक ओम प्रकाश यादवको नेतृत्वको टोलि खटिएको थियो । 

सुरक्षाकर्मी , स्थानियबासी र  दमकलको सहयोगमा आगो करीब एक घण्टा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यलय रौतहटले जानकारी दिएको छ ।  
उनका अनुसार बिद्युत तार सर्ट भएर आगोलागी भएको अनुमान गरिएको छ । आगोलागीबाट उद्योगमा रहेको टायर, वल्डिङ मेसिन ,मर्मतका लागी राखिएको ट्याक्टर लगायत जलेर क्षती पुगेको छ । आगोलागीबाट  कुनै प्रकारको मानवीय क्षती नभएको प्रहरीले जनाएको छ । 

आगोलागीमा रु।१० लाख बराबरको क्षती भएको प्रहरीले जानकारी दिएको छ ।यस्तै इशनाथ नगरपालिका ६ जयनगर बस्ने शेख वसिर अख्तरको पक्की घरको एक कोठामा आगोलागी भएको रौतहट प्रहरीले जनाएको छ । आगोलागीबाट कोठामा रहेका टि.भी , पलङ र साइकल लगायत जलेर क्षती भएको प्रहरीको  भनाइ छ । घरको कोठामा मात्र आगोलागी भएकाले करीब ३८ हजार बराबरको क्षती भएको  छ ।