महात्मा गान्धीको समाधिस्थल राजघाट पुगे प्रधानमन्त्री दाहाल
काठमाडौ, १८ जेठ । आज बिहान महात्मा गान्धीको समाधिस्थल राजघाट पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पूष्पगुच्छा अर्पण गरेका छन् । सो अवसरमा उनले महात्मा गान्धीको सम्मान र स्मरणमा एक मिनेट मौनधारण गरे। प्रधानमन्त्रीले त्यहाँ राखिएको आगन्तुक पुस्तिकामा उनको योगदान अविष्मरणीय रहेको उल्लेख गर्दै हस्ताक्षर गरे। गान्धीप्रति श्रद्धाञ्जली अर्पण गर्न मन्त्रीहरुसमेत पुगेका थिए।
भ्रमणकार्यतालिका अनुसार राजघाटबाट फर्केर प्रधानमन्त्री प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हैदरावाद हाउसमा द्वीपक्षीय भेटवार्ता गर्नेछन्। त्यसलगत्तै मध्याह्न १२ बजे दुई देशबीच विभिन्न विषयमा सम्झौता हुने कार्यक्रम छ। प्रधानमन्त्री दाहालले अपराह्न ४ बजे भारतीय उपराष्ट्रपतिसँग शिष्टाचार भेट गर्ने भएका छन्।
थर्ड पोल 