साढे २३ किलो गाँजा सहित तीन जना पक्राउ
काठमाडौं । र्लाही प्रहरीले दुई छुट्टाछुटै स्थानबाट प्रतिबन्धित लागुऔषध गाँजा सहित तीन जनालाइ पक्राउ गरेको छ । ईश्वरपुर नगरपालिकाको बाँके खोलाको ड्याम क्षेत्रबाट प्रतिबन्धित लागुऔषध गाँजासहित दुई भारतीय नागरिक र बागमती नगरपालिकाबाट एक वृद्धलाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनिहरुको साथबाट साढे २३ किलो लागुऔषध गाँजा बारामद गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहले जानकारी दिएको छ ।
उनका अनुसार अस्थायी प्रहरी पोष्ट कालिञ्जोर घारीबथानले पाएको विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय केशरगंजको संयुक्त प्रहरी टोलीले इश्वरपुर नगरपालिका वडा नम्वर १२ बाट ७ किलो २१० ग्राम गाँजासहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरिएको हो । ज. १२ प. ९०९९ नम्वरको मोटरसाइकललाई चेकजाँच गर्दा उक्त परिमाणको गाँजा सहित भारत विहार सितामढी जिल्ला सोनवर्षा थाना पञ्चायत इनरवा सोहरवा १७ का ३० बर्षीय शम्भुकुमार कुशवाहा र पछाडी सवार सोही स्थानका २५ बर्षीय संजय ठाकुरलाई नियन्त्रणमा लिएको हो ।
यसैगरी वागमती नगरपालिका वडा नम्वर १२ बथाने टोलका ७६ बर्षीय मानबहादुर बलले आफ्नै घरमा गाँजा विक्री वितरण गर्दै आइरहेको खवर प्राप्त भएपछि प्रहरी टोली उनको घरमा खानतलासी गर्दा साढे १६ किलो गाँजासहित नियन्त्रणमा लिइएका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । पक्राउ परेकालाइ हिरासतमा राखेर थप अनुसन्धान कार्य भईरहेको सर्लाही प्रहरीले जानकारी दिएको छ ।



थर्ड पोल 