डाक्टर भन्छन्- 'पुँजीवादी संसार' मैले राखेको छु,

1. डाक्टर भन्छन्- 'पुँजीवादी संसार' मैले राखेको छु,

शिर्षकमा 'पुँजीवादी संसार' मैले राखेको छु। यसको कारण लेख पढेपछि पाठकले थाहा पाउनु हुने। खासमा एक अज्ञात स्थानमा दुई पूर्व परिचित पात्रको अचानक भेट भएको हुन्छ।

'सरकारले जसलाई भन्यो उसैलाई जाँच्ने, जुन रोग भन्यो त्यही बताउने, जुन औषधि भन्यो त्यही लेख्न लगाउने। यो सबै गर्न मलाई मन लागेन अनि यहाँ आएँ।'यो दृश्य र संवाद आजभन्दा झन्डै ७० वर्षअघि लेखिएको उपन्यास 'एटलस श्रग्ड' को हो। थुप्रै भाषामा अनुवाद गरिएको आयन रान्डको यो उपन्यास ९० लाख प्रतिभन्दा बढी बिकेको थियो।

अर्थ-राजनीतिक त्रासदीको चित्रण गरिएको उपन्यासको मुख्य पात्र रेलवे सञ्चालक डेग्नी टेगार्ट एउटा दुर्घटनामा परेर त्यो स्थानमा आइपुगेकी हुन्छिन्। उनैले सोधेकी हुन्छिन् डाक्टरलाई त्यो अज्ञात स्थानमा आउनुको कारण।उपन्यासका अनुसार अमेरिकामा कल्याणकारी राज्यको अवधारणा प्रवेश गरेपछि सबै चिज ओरालो लाग्न थाल्छ। जताततै नियम नै नियम हुन्छ। उद्योगधन्दा धराशायी हुन्छन्, व्यापारी टाट पल्टिन्छन्, नवप्रवर्तन र आविष्कार दुर्लभ हुन्छ। बुद्धिजीवीहरूले उचालेर सरकारले अनौठा अनौठा परोपकारी कार्यक्रम ल्याउँछ। तर सबै कार्यक्रमका नतिजा नकारात्मक निक्लिन्छन्।

त्यस्तो यथार्थलाई जान्ने सबभन्दा बलियो उपकरण तर्क हो। धर्म, ईश्वर, परोपकार, सामूहिकता र समानताका अवधारणा केवल कच्चा सपना हुन्। आँखाले नदेखेको, कानले नसुनेको, नाकले नसुँघेको, जिब्रोले नचाखेको कुराका बारेमा ठोकुवा गर्नु वा इन्द्रीयबोधमा नआउने कुराबारे चिन्तन गर्नु व्यर्थ हो।पहिलो स्तम्भको रूपमा रहेको अधि-भौतिकशास्त्र (मेटाफिजिक्स) ले वस्तुगत यथार्थको चर्चा गर्छ। वास्तविकता हाम्रो धारणा वा इच्छाभन्दा अलग हुन सक्छ। वास्तविकताको स्वतन्त्र अवस्थिति हुन्छ।

 हाम्रो इच्छा र वास्तविकता एउटै हुनुपर्छ भन्ने छैन।प्रत्येक व्यक्तिको प्राथमिक नैतिक लक्ष्य आफ्नो खुसी आनन्द वा सुख प्राप्त गर्ने हुनुपर्छ। आफ्नो लागि होस् वा अरू कसैका लागि त्याग वा बलिदान अस्वीकार्य हुन्छ। प्रतिरक्षा गर्नुपर्ने अवस्थामा बाहेक हिंसाको प्रयोग अनैतिक हुन्छ। आफ्नो कल्याण घटाएर अर्काको बढाउने कुरा अनैतिक हो। व्यक्तिले अरूलाई धोका दिन सक्दैन, आफूलाई पनि धोका दिनु हुँदैन।

चौथो स्तम्भ पुँजीवादी राजनीति हो। रान्डका अनुसार स्वैच्छिक विनिमय र निजी सम्पत्तिको अक्षुण्ण अधिकारमा आधारित अर्थ राजनीतिक व्यवस्था पुँजीवाद हो। यसमा बालिग मान्छे आफ्नो लाभ अधिकतम बनाउने गरी एकअर्कासँग कारोबार गर्छन्, सहकार्य, समन्वय र प्रतिस्पर्धा गर्छन्।

सरकारको मुख्य काम यही व्यक्तिगत अधिकारको रक्षा गर्ने हो। सहकार्य, समन्वय र प्रतिस्पर्धाका लागि आवश्यक करारहरूको परिपालना गर्ने गराउने हो।एकातिर निरंकुश राज्य पतनको डिलमा उभिएको हुन्छ र अर्कोतर्फ निजी उद्यमीहरू हुन्छन्। समाजमा निजी उद्यमीहरूको उत्पादनशील क्षमताको दोहन गरी कल्याणकारी राज्य संयन्त्रमार्फत अनुत्पादक अर्को समूहले लुट मच्चाइरहेको हुन्छ।

वैज्ञानिक, उद्यमी र कलाकारहरू एकएक गरेर रहस्यमयी रूपमा गायब हुन्छन्। खासमा उनीहरूले गोप्य तवरले वस्तुनिष्ठवादी दार्शनिक जोन गाल्टको इशारामा काम गर्न थालेका हुन्छन्। ती सज्जन पात्रहरू मार्फत अमेरिकी अर्थतन्त्रको वास्तविक मेरूदण्ड उद्यमी हुन् भन्ने पाठ पढाउने योजना दार्शनिक जोन गाल्टले बनाएको हुन्छ।हाम्रो समाज पनि अत्यधिक नियमन र सामूहिकतावादका कारण पतनोन्मुख छ। समाजका सबैभन्दा ऊर्जावान् सदस्यहरू निराश छन्। उत्पादनमा भन्दा वितरणमा हाम्रो जोड छ। बुद्धिजीवीहरूको यस्तै सरलमतिले प्रकारान्त प्रचारमुखी सस्ता कार्यक्रमलाई मलजल गर्छ। एउटा चुनावदेखि अर्को चुनावको राजनीति गर्नेहरूलाई सजिलो बनाउँछ।

हाम्रा नादान बुद्धिजीवीहरूले समाजवादको महिमागान गर्दा धुर्त सत्ताधारी र सत्ताकांक्षीहरूलाई सजिलो भएको छ। सबै खाले सत्ताकांक्षीहरू संसार मेरै वरिपरि घुम्नुपर्छ भन्ने ठान्छन्।

हामीलाई कल्याणकारी राज्य मनपर्छ। समाजवाद हामीले संविधानमै लेखेका छौं। पुँजीवादलाई हामी घृणा गर्छौं। राष्ट्रवाद, जातीयता, लैंगिकता, पहिचान, समानताका अनेकौं अमूर्त कुराहरू गरेर हामी बखेडा झिक्छौं। भिडलाई मनपर्ने मिठा कुरा गर्छौं, सत्य बोल्दैनौं।

यसले हाम्रा सिर्जनशील मान्छेहरूलाई निरूत्साहित गरिरहेका छ। उनीहरूलाई पलायन हुन बाध्य पारिरहेको छ।