पूर्व आईजीपी सर्वेन्द्र खनालद्वारा भ्रष्टाचारविरुद्ध कडा अभिव्यक्ति

पूर्व आईजीपी सर्वेन्द्र खनालद्वारा भ्रष्टाचारविरुद्ध कडा अभिव्यक्ति

काठमाडौं – हेम–सरिता पाठक फाउन्डेसनले शनिबार प्रज्ञा भवनमा आयोजना गरेको एक विशेष कार्यक्रममा पत्रकारिता, गीत, सङ्गीत र कविता विधाका पाँच स्रष्टालाई नगद ४ लाख रुपैयाँ राशिसहित सम्मान गरेको छ।

फाउन्डेसनका अध्यक्ष जेनी पाठकको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रतिनिधिसभा सदस्य डा. अमरेशकुमार सिंह प्रमुख अतिथि थिए। उनले स्रष्टाहरूलाई पुरस्कार प्रदान गरे।

२ लाख रुपैयाँ राशिको टङ्कप्रसाद–रमादेवी पाठक पत्रकारिता पुरस्कार खोज पत्रकारितामार्फत भ्रष्टाचार उजागर गर्दै सुशासनको पक्षमा कलम चलाउँदै आएका पत्रकार मातृका दाहाल र दीपा दाहाललाई संयुक्त रूपमा प्रदान गरिएको हो।

१ लाख रुपैयाँ राशिको हेम–सरिता पाठक अन्तर्राष्ट्रिय सङ्गीत पुरस्कार गीत "जनतालाई रुवायो" मार्फत दर्शकको मन जित्न सफल गीतकार गोपालप्रसाद थपलिया र गायक शिशिर योगीलाई संयुक्त रूपमा प्रदान गरिएको हो।

त्यस्तै, १ लाख रुपैयाँ राशिको भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय कविता पुरस्कार कवि तोया भट्टले प्राप्त गर्नुभएको छ। कार्यक्रममै उत्कृष्ट २५ कविहरूलाई प्रमाणपत्र प्रदान गरिएको थियो।

सोही अवसरमा “भ्रष्टाचार विरुद्धका कविता” नामक काव्यसङ्ग्रहको लोकार्पण पनि गरिएको छ। कार्यक्रममा प्रमुख अतिथि डा. अमरेशकुमार सिंह, संरक्षक हेम पाठक र अध्यक्ष जेनी पाठकले संयुक्त रूपमा सबै स्रष्टाहरूलाई सम्मान गरेका थिए।

कार्यक्रममा पूर्व प्रहरी महानिरीक्षक (आईजीपी) तथा सामाजिक नेता सर्वेन्द्र खनालले भ्रष्टाचारविरुद्ध कडा अभिव्यक्ति दिए। उनले भ्रष्टाचारले देशको समृद्धि र नागरिकको भरोसामा गम्भीर आघात पुर्‍याएको टिप्पणी गरे।

खनालले देशमा संस्थागत भ्रष्टाचार मौलाएको उल्लेख गर्दै सत्तामा बस्नेहरू जनताको सेवा गर्नुको सट्टा स्वार्थपूर्तिमा लागेको बताए। उनले भने, “अब पनि भ्रष्टाचारीहरुविरुद्द कडा कदम नउठाए देशले झन् गम्भीर संकट भोग्नेछ।” उनले जनताको करको पैसा दुरुपयोग हुनु दुःखद भएको बताउँदै, यसका विरुद्ध सबै नागरिक एकजुट हुनुपर्नेमा जोड दिए। 

हेम–सरिता पाठक फाउन्डेसनद्वारा आयोजीत उत्तः कार्यक्रममा पत्रकार तथा गीत र कविताका गरी ५ सर्जकलाई ४ लाख नगद राशिसहित सम्मान गरिएको थियो । 

फाउन्डेसनका अध्यक्ष जेनी पाठकको सभापतित्वमा आयोजित कार्यक्रममा २ लाख राशिको टङ्कप्रसाद– रमादेवी पाठक पत्रकारिता पुरस्कारबाट पत्रकारहरू मातृका दाहाल र दीपा दाहाल संयुक्त पुरस्कृत भए।

कार्यक्रममा प्रमुख अतिथि सांसद डा. अमरेश कुमार सिंह, हेम–सरिता पाठक फाउन्डेसनकी अध्यक्ष जेनी पाठक, प्रमुख संरक्षक हेम पाठक, पूर्व सांसद नवराज सिलवाल, बाग्मती प्रदेशका पूर्व मन्त्री माननीय दीपेन्द्र श्रेष्ठ, राप्रपाका महामन्त्री शरदराज पाठक, फाउन्डेसनका प्रमुख सल्लाहकार एवं वरिष्ठ गायक प्रेमराजा महत, सामाजिक अभियन्ता टेकराज पौडेल, चर्चित कलाकार लय संग्रौला, पुरस्कृत पत्रकारहरू मातृका दाहाल र दीपा दाहाल लगायतले पनि मन्तव्य राखेका थिए ।  

यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त किशोर सिलवाल, पूर्व रक्षा सचिव देवेन्द्र सिटौला, फाउन्डेसनकी संरक्षक सरिता पाठक, सल्लाहकारहरू तीर्थ कोइराला, गीतकार एवं समाजसेवी शोभित उप्रेती, समाजसेवी राम सिवाकोटी लगायतको सहभागिता रहेको थियो ।