अमेरिका जान निवेदन: दक्षिण अफ्रिकाका ६७ हजार श्वेतहरूले दिए शरणार्थी बनेर जान आग्रह,

1. अमेरिका जान निवेदन: दक्षिण अफ्रिकाका ६७ हजार श्वेतहरूले दिए शरणार्थी बनेर जान आग्रह,

दक्षिण, दक्षिण अफ्रिकाका ६७ हजारभन्दा बढी श्वेतहरूले शरणार्थी बनेर अमेरिका जान निवेदन दिएका छन्।

दक्षिण अफ्रिकामा अश्वेतको शासनले श्वेतहरू अन्यायमा परेको र उनीहरूमाथि रंगभेद भएको बताउँदै ट्रम्पले श्वेत'हरू अमेरिका आउन चाहे उनीहरूलाई स्वागत गर्न आफू तयार रहेको बताएका थिए। केप टाउनस्थित अमेरिकी दूतावासको कार्यालयले ट्रम्पको उक्त प्रस्तावमा सहमत भएर ६७ हजारभन्दा बढीले आफू शरणार्थी बनेर अमेरिका जान चाहेको भनेर निवेदन दिएको जानकारी गराएको छ।

अन्तर्राष्ट्रिय समाचार संस्था एशोशियटेड प्रेसका अनुसार दक्षिण अफ्रिकाको उद्योग वाणिज्य महासंघले दूतावासलाई उक्त सूची उपलब्ध गराएको हो। ट्रम्पले फेब्रुअरी ७ मा दक्षिण अफ्रिकालाई दिँदै आएको सहायता रोक्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए। सिमान्तकृत बनाइएका दक्षिण अफ्रिकी श्वेतहरूमाथि अन्याय गरेको भनेर उनले त्यहाँ सहायता रोक्ने निर्णय गरेका थिए।

साथै विदेशमन्त्री मार्को रूबिओ र गृहमन्त्री कृष्टि नोइमलाई 'पिडित श्वेतहरू' लाई शरणार्थी कार्यक्रममा अमेरिकामा पुनर्वास गर्ने व्यवस्था गर्न निर्देशन दिएका थिए।ट्रम्पले पछिल्लो समय दक्षिण अफ्रिकाले भूमी अधिग्रहण कानुनहरुबाट त्यहाँको सिमान्तकृत श्वेतहरूमाथि अन्याय गरेको, उनीहरूको जमिन कब्जा गरिएको आरोप लगाउँदै आएको छ।