कोशी पर्यटन बर्ष उद्घाटनमा प्रधानमन्त्री ओली नआउने
कोशी प्रदेशले सुरु गर्न लागेको पर्यटन वर्ष २०८२ को उद्घाटनमा प्रधानमन्त्री केपी शर्मा ओली नआउने भएका छन्।
उनको सट्टा उक्त कार्यक्रम उपप्रधानमन्त्री प्रकाशमान सिंहले उद्घाटन गर्ने भएको आयोजनास्थल तेह्रथुमको लालीगुराँस नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेले जानकारी दिए।
पर्यटकीय क्षेत्र लालीगुराँस नगरपालिकाको तीनजुरे मिल्के क्षेत्रबाट पर्यटन वर्षको शुभारम्भ प्रधानमन्त्री ओलीले गर्ने तयारी थियो।
तर अन्तिम समयमा आएर प्रधानमन्त्री ओलीको उक्त कार्यक्रम रद्ध भएको हो।



थर्ड पोल 