नेताहरू आजै बारा पुग्ने: बिह‍ीबारदेखि सुरू हुँदै,माओवादीको जागरण अभियान,

1. नेताहरू आजै बारा पुग्ने: बिह‍ीबारदेखि सुरू हुँदै,माओवादीको जागरण अभियान,

नेकपा माओवादी केन्द्रको हुलाकी राजमार्ग केन्द्रित तराई-मधेस जागरण अभियान बिहीबारदेखि सुरू हुने भएको छ।

फागुन १२ गतेदेखि झापाको कचनकबलबाट सुरू भएको अभियान २५ गतेदेखि स्थगित भएको थियो।

स्थगित भएको अभियान बिहीबारदेखि सुरू गर्न लागिएको माओवादी केन्द्रका प्रवक्तासमेत रहेका उपाध्यक्ष अग्नी सापकोटाले जानकारी दिए।

कनचनकलबाट बारा पुगेर स्थगित भएको अभियान भोलिदेखि  बाराबाटै सुरू हुने उनले बताए।

अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' चितवनमा छन्। उनी चितवनबाटै बारा पुग्नेछन्।

'काठमाडौंमा भएका नेताहरू पनि बेलुकीसम्म बारा पुग्ने र भोलिदेखि अभियान सुरू गर्ने तयारी छ,

बारा, पर्सा र चितवनमा अभियान सकेर माओवादी पुनः काठमाडौं फर्कने त्यसको केही दिनमा गण्डक क्षेत्र प्रवेश गर्ने सापकोटाले बताए।

2.