नियन्त्रण बाहिर गयो शैलुङ जङ्गलमा लागेको आगो
काठमाडौं । रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–३ टोकरपुरको शैलुङ जङ्गलमा लागेको आगो नियन्त्रण बाहिर गएको छ । शुक्रबार बिहानदेखि जङ्गलमा लागेको डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन् । डढेलो नियन्त्रण बाहिर गएको स्थानीय राजुराम पाठकले जानकारी दिए ।
शुक्रबार टोकरपुरको छाङ खोला जङ्गल नजिकैबाट लागेको आगो अहिले शैलुङ तर्फ प्रवेश गरेको छ आगोले स्थानीय लालीगुराँस, छहारेछाप पाखा, बुढापानी सामुदायिक वनको जङ्गलमा क्षति पु¥याएको छ ।
डढेलो नियन्त्रणका लागि नेपाली सेना, नेपाल प्रहरी, स्थानीयलगायत स्थानीय परिचालित भएपनि डढेलो नियन्त्रणमा आउन नसकेको छैन । शनिबार बिहान डढेलो केही नियन्त्रण भएको भए पनि दिउँसोबाट हावा चल्न लागेपछि आगो पुनः सल्किएको पाठकले बताए । धुवाँको मुस्लो सहित ठुलो वनमा आगो लागेको छ र सहजै नियन्त्रण गर्न सकिने भएको हो।
सो डढेलो कसले लगायो भन्नेबारे अझै यकिन हुन सकेको छैन । स्थानीय वन उपभोक्ता समितिको शनिबार बिहान बसेको बैठकले घटनामा संलग्नको खोजीगरी आवश्यक कारबाहीको प्रक्रिया अघि बढाउन प्रहरीमा निवेदन गर्ने निर्णय गरेको छ । शैलुङको जङ्गल जैविक हिसाबले निक्कै महत्वको जङ्गल मानिन्छ । विभिन्न जातका गुराँस, सल्लो लगायतका रुख, जडीबुटी र जङ्गली जनावर पाइने सो जङ्गलमा आगलागीले ठुलो क्षति हुने भएको छ ।



थर्ड पोल 